छोरीसहित पुम्दीभुम्दीकी उमा २ महिनादेखि बेपत्ता

पाेखरा | भदौ २२, २०८०

छोरीसहित पुम्दीभुम्दीकी उमा २ महिनादेखि बेपत्ता

पोखरा:   पोखरामा छोरीसहित एक युवती सम्पर्कविहीन भएकी छिन् ।

 

कास्की प्रहरीका अनुसार बेपत्ता हुनेमा कास्कीको पोखरा महानगरपालिका–२२ पुम्दी भुम्दीकी २२ वर्षीया उमा बराल र उनकी ५ वर्षीया छोरी ऋषिका करिब २ महिनादेखि सम्पर्कबिहीन छिन् ।

 

उमा गत असार २८ गते छोरी ऋषिकालाई लिएर घरबाट निस्किएकी थिइन् ।

 

तर अहिलेसम्म परिवारको सम्पर्कमा नआएपछि उनीहरुको खोजी गर्न कास्की प्रहरीकहाँ परिवार पुगेको थियो ।

 

अहिले कास्की प्रहरीले सामाजिक सञ्जालमा सूचना सार्वजनिक गर्दै देख्ने वा फेला पार्ने जोकोहीले नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।

 

बेपत्ता उमा गोरो वर्णकी, पाँच फिट उचाइ, देब्रे भागमा काटेको खत रहेको र हराउँदाको बखत सेतो कुर्ता, कालो पाइन्ट तथा छोरी ऋषिकाले पहेँलो जामा लगाएको प्रहरीले जनाएको छ । 


उनको हुलिया मिलेको अवस्थामा निगरानी गर्न तथा लुगा फेरेको भए पनि अन्य हुलियाको आधारमा उनको पहिचान गरी फेला परेको अवस्थामा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन कास्की प्रहरीले अनुरोध गरेको छ।
 

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्